चीनले दिने खोप लिन निगमको वाइडबडी सोमबार वेइजिङ जाने 

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनले उपलब्ध गराउने खोप लिन जाने तयारीमा रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डरी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भएको कुराकानीपछि चीनले १० लाख डोज खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको हो ।

सोमबार नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज पठाउने तयारी गरेको निगमका प्रबन्धनिर्देशक डिमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘राष्ट्रपतिको आग्रहमा चीन सरकारले तत्काल उपलब्ध गराउने १० लाख डोज खोप लिन आगामी सोमबार नेपाल वायुसेवा निगमको ए ३३० बाइडबडी जहाज पठाउने तयारीमा छौँ ।’