लिपुलेकका जनतालाई मतदानको अधिकार दिँदैनौं : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकका जनतालाई नेपालका तर्फबाट मतदान गर्ने अधिकार नभएको बताएका छन्। बिहीबार विदेशी मिडियाका नेपालस्थित प्रतिनिधिहरुसँग अन्र्तक्रिया कार्यक्रममा चिनियाँ मिडियाका एकजना पत्रकारले प्रधानमन्त्री ओलीलाई कालापानी, लिम्पियाधुरा र लिपुलेकका जनताले आगामी निर्वाचनमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् ? भनी प्रश्न सोधेका थिए।

उक्त प्रश्नको जवाफमा ओलीले ५८ वर्षदेखि उक्त क्षेत्र भारतले नियन्त्रणमा राखिरहेको भन्दै जबसम्म भारतले छाड्दैन तबसम्म त्यहाँ नेपालका तर्फबाट मतदान सम्भव नभएको जवाफ दिए।

उनले यो विषयलाई अतिरञ्जिन नबनाउन समेत आग्रह गरेका थिए। पत्रकार सम्मेलनमा ओलीले कालापानीको समस्या कुटनीतिक माध्यमले समाधान गर्न लागिरहेको समेत बताए। उनले उक्त भूमि नेपालकै रहेकोमा प्रष्ट रहेको समेत बताए।

यो पनि पढ्नुहोस

नेपाली जमिन फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

एमाले एकता जोगाउने प्रयास सफल भएन : प्रधानमन्त्री

निर्वाचनका लागि सबै दल सरकारमा आउनुस् : प्रधानमन्त्री

प्रतिनिधिसभा विघटनको औचित्य प्रष्ट्याउन राष्ट्रका नाममा सम्बोधन

प्रतिनिधिसभा पूरै कार्यकाल चलोस् भनेर कुनै कसर बाँकी राखिन : ओली

खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं : प्रधानमन्त्री ओली

‘जनताको जीवन रक्षाको लागि निषेधाज्ञा कडा परियो’- प्रधानमन्त्री

पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै देउवालाई प्रधानमन्त्री बनाउन खोजियो : ओली