बाँकेमा स्वास्थ्यकर्मी कुटेकाे अभियाेगमा मानबहादुरविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

दाङ । भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ ।

रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।

रावतमाथि बिहीबार साँझ कोरोना संक्रमित दाइको मृत्युुपछि स्वास्थ्यकर्मीलाई कुटपिट गरेको तथा अस्पताल तोडफोड गरेको आरोप लागेको छ ।

आरोपीलाई बाँके जिल्ला अदालतले आज ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।