न भारतसँग सम्बन्ध बिग्रिएको छ, न भारतको इशारामा चलेका छौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको निर्णय लत्याएर नीतिहीन गठबन्धनको भर्‍याङ चढेर सरकारमा जान खोज्नु अराजनीतिक र झेली काम भएको टिप्पणी गरेका छन् ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले संसदीय दलको निर्णय नमान्ने राजनीतिक दलका गुटगत पद्धति राजनीतिक अस्थिरताको कारण भएको दावी गरे । उनले निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु जनताको सार्वभौम अधिकारलाई अस्वीकार गर्नु रहेको उल्लेख गरे ।

उनले भने–‘लोकतान्त्रिक पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिने छ । निर्वाचन निष्पक्ष हुने कुरामा मैले बारम्बार प्रतिबद्धता जनाएको छु । निर्वाचनका लागि सबै दलहरूलाई सरकारमा सहभागी बन्न आग्रह गर्दछु ।’

उनले आफूले प्रतिनिधि सभा पुरै अवधी चलोस् भनेर कुनै कसर बाँकी नराखेको पनि दावी गरे । उनले आफ्नो प्रयासलाई सफल हुन नदिइएको दावी गर्र्दै संसद पूरै चल्नु वा सरकारले ५ बर्ष पूरा गर्नुपनि राजनीतिक स्थायित्वका लागि प्रयाप्त नहुने उनले बताए ।

उनले भने–‘राजनीतिक स्थायित्वका लागि नीतिगत निर्णय, कार्यहरुको निरन्तता र कार्यान्वयनको सुनिश्चितता हुनु हो । राजनीतिक स्थायित्व राष्ट्रियताको संरक्षण र सम्बर्द्धन हो । हामी जनताको हित हुने किसिमको राजनीतिक स्थायित्वको पक्षमा छौँ ।’ उनले आफ्नो लागि सत्ता साधन मात्र भएको र साध्य नभएको दावी गरे ।

यो पनि पढ्नुहोस

नेपाली जमिन फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

एमाले एकता जोगाउने प्रयास सफल भएन : प्रधानमन्त्री

निर्वाचनका लागि सबै दल सरकारमा आउनुस् : प्रधानमन्त्री

प्रतिनिधिसभा विघटनको औचित्य प्रष्ट्याउन राष्ट्रका नाममा सम्बोधन

प्रतिनिधिसभा पूरै कार्यकाल चलोस् भनेर कुनै कसर बाँकी राखिन : ओली

खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं : प्रधानमन्त्री ओली

‘जनताको जीवन रक्षाको लागि निषेधाज्ञा कडा परियो’- प्रधानमन्त्री

पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै देउवालाई प्रधानमन्त्री बनाउन खोजियो : ओली