प्रतिनिधिसभा पूरै कार्यकाल चलोस् भनेर कुनै कसर बाँकी राखिन : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पूरै (पाँच वर्ष) चलोस् भनेर कुनै कसर बाँकी नराखेको बताएका छन् ।

आज (शुक्रबार) देशबासीलाई सम्बोधन गर्दै आफूले संसदलाई पूरै अवधि चलाउन भरपूर मिहिनेत गरेको तर दलहरूको निर्दलीय गतिविधि, निर्वाचित अध्यक्षलाई घेराबन्दी गर्ने, एकता कमजोर बनाउने कार्यकलापले मुलुक यो अवस्थामा पुगेको बताए ।

उनले अहिले मुलुक ताजा जनादेशतिर अघि बढेकाले यसलाई प्रतिगमन नदेख्न आग्रह गरे । निर्वाचनमा जानु लोकतन्त्र सुदृढ गर्ने कृत्य नै भएको उनको जिकिर थियो । उनले आफूले सरकार सम्हालेयता विकास–निर्माणका धेरै काम भएको दोहोर्‍याए ।

यो पनि पढ्नुहोस

नेपाली जमिन फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटनको औचित्य प्रष्ट्याउन राष्ट्रका नाममा सम्बोधन

एमाले एकता जोगाउने प्रयास सफल भएन : प्रधानमन्त्री

निर्वाचनका लागि सबै दल सरकारमा आउनुस् : प्रधानमन्त्री

खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं : प्रधानमन्त्री ओली

‘जनताको जीवन रक्षाको लागि निषेधाज्ञा कडा परियो’- प्रधानमन्त्री

निर्वाचनका लागि सबै दल सरकारमा आउनुस् : प्रधानमन्त्री

पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै देउवालाई प्रधानमन्त्री बनाउन खोजियो : ओली