अभियन्ताले १० जनालाई खाना खुवाउँछन्, १०० जनालाई खुवाएँ भन्छन् : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सामाजिक अभियन्ताले निषेधाज्ञाको समयमा १० जनालाई खाना खुवाएर १०० जनालाई खाना खुवाएँ भन्दै सामाजिक सञ्जालमा भ्रम फिँजाएको बताएका छन् ।

आज महानगरवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘‘स्वच्छ मनले समस्या परेका मानिसलाई कसैले नदेख्ने गरी सहयोग गर्ने हो ।

यसरी सामाजिक दाताले खाना वितरण गर्दा महानगरले पनि सहयोग गर्नेछ । महानगरले पनि प्रत्येक वडालाई समस्या परेका बेलामा सहयोग गर्न भनेको छ । भोलि त्यही १० जनालाई खाना खुवाएको फोटो खिचेर आफैँ संक्रमित भएर थला परिएला,” उनले भने ।