प्रतिनिधिसभा विघटनको औचित्य प्रष्ट्याउन राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनको औचित्य प्रस्ट पार्ने प्रयत्न गरेका छन् । प्रतिनिधिसभा विघटन भएको करिब एक सातापछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।

उनले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएकै दिन अदालतमा विचाराधीन विषयमाथि राज्य संयन्त्र प्रयोग गरी टिप्पणी गरेका हुन् ।

कोरोना महामारीले जनता प्रताडित रहेको, विभिन्न जिल्लामा लगाइएका निषेधाज्ञाले जनताको दैनिक जीवनमा असर गरिरहेको सन्दर्भमा ती विषयलाई उपेक्षा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अधिकांश समय आफ्नै राजनीतिक निर्णयको बचाउमा खर्चिएका हुन् ।

उनले कोरोनाबाट ठुला वा साना कुनै देश जोगिन नसकेको उल्लेख गर्दै उनले विकासशील देश अझ बढी प्रभावित भएको बताए । उनले कोरोना विरुद्धको खोपको असमान वितरण विश्वव्यापी बहसको विषय बनेको र कोभ्याक्स एलाइन्सको समग्र योजना नै धर्मराएको टिप्पणी गरे । खोपको असमान वितरणका सन्दर्भमा विकसित मुलुकले अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गर्नुपर्ने उनको भनाइ थियो ।

लगत्तै उनले कोभिड महामारी र त्यसबाट सिर्जित समस्या, देखा परेका चुनौतीलाई पन्छाउँदै राजनीतिक घटनाक्रममा आफ्नो सम्बोधनलाई केन्द्रित गरे । उनले राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, लोकतन्त्र सुदृढ गर्ने प्रयासमा पटक पटक अवरोध भएको आरोप लगाए ।

यो पनि पढ्नुहोस

नेपाली जमिन फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

एमाले एकता जोगाउने प्रयास सफल भएन : प्रधानमन्त्री

निर्वाचनका लागि सबै दल सरकारमा आउनुस् : प्रधानमन्त्री

प्रतिनिधिसभा पूरै कार्यकाल चलोस् भनेर कुनै कसर बाँकी राखिन : ओली

खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं : प्रधानमन्त्री ओली

‘जनताको जीवन रक्षाको लागि निषेधाज्ञा कडा परियो’- प्रधानमन्त्री

पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै देउवालाई प्रधानमन्त्री बनाउन खोजियो : ओली