पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै देउवालाई प्रधानमन्त्री बनाउन खोजियो : ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजिएको आरोप लगाउनुभएको छ ।

शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउने काम भएपछि आफ्नो सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको बताउनुभयो ।

सरकार गठनका सबै विकल्प पूरा भएपछि राष्ट्रपतिले संवैधानिक रूपमै मध्यावधि चुनावको घोषणासहित प्रतिनिधि सभा विघटन गर्नुभएको प्रधानमन्त्री ओलीकाे दाबी छ ।

बजेट सार्वजनिक गर्नुपर्ने समय नजिकिएको र राजनीतिक अन्याेल कायम राख्नु उचित नहुने भएकाले संविधानको धारा ७६ काे उपधारा ५ अनुसार सरकार बनाउन आफूले सिफारिस गरिएको उहाँकाे भनाइ छ ।

आफ्नो कदम राजनीतिक अन्याेलबाट मुक्त गर्ने उद्देश्यले भएको र प्रधानमन्त्रीमा दाबी गर्दा आफूलाई एमालेका एक सय २१ र जसपाका ३२ सांसदको समर्थन रहेको समेत ओलीले दाबी गर्नुभयो ।

यो पनि पढ्नुहोस

नेपाली जमिन फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

एमाले एकता जोगाउने प्रयास सफल भएन : प्रधानमन्त्री

निर्वाचनका लागि सबै दल सरकारमा आउनुस् : प्रधानमन्त्री

प्रतिनिधिसभा विघटनको औचित्य प्रष्ट्याउन राष्ट्रका नाममा सम्बोधन

प्रतिनिधिसभा पूरै कार्यकाल चलोस् भनेर कुनै कसर बाँकी राखिन : ओली

खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं : प्रधानमन्त्री ओली

‘जनताको जीवन रक्षाको लागि निषेधाज्ञा कडा परियो’- प्रधानमन्त्री