रजनिकान्त र अक्षय कुमारको २.० की हिरोइन बिहे नगर्दै आमा बनिन्

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सिंह इज ब्लिंग’ ‘२.०’ लगायतमा काम गरिसकेकी बलिउडकी अभिनेत्री एमी ज्याक्सन आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी हुन् ।

तमिल फिल्मबाट बलिउडमा छिरेकी ज्याक्सनको विवाह भने भएको छैन । उनले आफ्नो फियन्सी जर्ज पानायियोटौका साथ एउटा तस्वीर पनि सेयर गरेकी छिन् । एमीले आफ्नो इन्स्टाग्राममा फोटो राख्दै भनेकी छिन्, ‘हाम्रो एन्जल, यो संसारमा स्वागत छ ।’

यो पनि: ‘द कपिल शर्मा शो’की सुमोना चक्रवर्तीको बिकिनी फोटो भाइरल, यसरी देखाइन् ट्याटु

एजेन्सी। चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा भूरीको भूमिका निभाइरहेकी अभिनेत्री सुमोना चक्रवर्ती टिभी क्षेत्रमा चिरपरिचित अनुहार हो । सुमोना अहिले थाइल्याण्डमा विदा मनाइरहेकी छिन् । सुमोनाले आफ्नो टुरको एउटा अत्यन्तै बोल्ड फोटो सामाजिक संजालमा शेयर गरेकी छिन् । फोटोमा सुमोना थाइल्याण्डको समुद्र किनारमा बिकिनीमा देखिएकी छिन् ।

फोटोमा सुमोनाले आफ्नो खुट्टामा बनेको ट्याटु देखाएकी छिन् । सुमोनाको यो फोटो इन्टरनेटमा चर्चामा छ । सुमोनाको यो फोटोमा धेरै तारिफ गरिएका कमेन्ट छन् । यसअघि पनि सुमोनाले वर्षामा भिजिरहेको फोटो शेयर गरेकी थिइन् । यो फोटोमा सुमोना सारीमा थिइन् जुन फोटोले निकै चर्चा बटुलेको थियो । सुमोना द कपिल शर्मा शोमा लामो समयदेखि सक्रिय छिन् ।