राष्ट्रपतिद्धारा भेरी अस्पतालका चिकित्सक र नर्समाथि भएको दुव्र्यवहारको घट्नामा खेद प्रकट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि दुव्र्यवहार भएको घट्नालाई लिएर खेद प्रकट गरेकी छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएकी हुन् ।

उनले लेखेकी छिन् आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ।

दुस्ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।