माधव नेपालले भने– चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कानूनी कारवाही होस्

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भेरी अस्पतालमा चिकित्सकमाथि सांघातिक आक्रमण गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

नेता नेपालले घटनाको भर्त्सना समेत गरेका छन् ।

नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको सांघातिक हमला र दुर्व्यवहारको भर्त्सना गर्दछु ।

महामारीको समयमा आफ्नो जीवन जोखिममा राखेर अहोरात्र खटिनेहरूलाई सुरक्षा र प्रोत्साहनको साटो अराजक तवरमा आक्रमणमा उत्रिनेहरूमाथि तत्काल कानूनी कारबाही गर्न र बिरामीहरूलाई आवश्यक उपचारको प्रबन्ध मिलाउन माग गर्दछु,’ नेता नेपालले फेसबूकमा लेखेका छन् ।