दसैं तिहारको अवसरमा भेष्पा र अप्रिलिया स्कुटर खरिदमा भारि छु’ट

काठमाडौ। डि–लाईफस्टाईल्सले दसैं तथा तिहारको अवसरमा भेष्पा र अप्रिलिया स्कुटर खरिदमा उपभोक्तालाई सहुलियत दिने अफर ल्याएको छ।

कम्पनीले यी स्कुटरको खरिदमा हरेक ग्राहकले ३० हजारसम्मको छुटसहित अन्य लाभ लिन सक्ने जानकारी दिएको छ । कम्पनीका अनुसार यसमा ग्राहकले ५२ हजारसम्मको लाभ पाउने छन् ।

जुनसुकै ब्रान्डका स्कुटर तथा मोटरसाइकलसँग साटफेर गर्न मिल्ने यो अफरमा १५० सिसि भेष्पा खरिद गर्ने ग्राहकले ३० हजार नगद छु’टसहित एसोसरिज तथा हेलमेट पाउने छन् । यसमा किस्ताबन्दी सुविधा पनि ग्राहकले पाउने छन् ।