बारपाकीसँग बाबुरामले भने- ‘म आफैँ बिरामी छु, दुःखको बेला साथ दिन सकिनँ’

जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराईले दुःखको घडीमा साथ दिन नसकेकोमा गोरखाको बारपाकका जनतासँग क्षमा मागेका छन्।

बारपाक नेता भट्टराईको निर्वाचन क्षेत्र हो। जहाँ यतिबेला कोरोना संक्रमण फैलिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले सामाजिक सञ्चालनमार्फत् आफू पनि बिरामी भएकाले बारपाकी जनतालाई दुःखको घण्डीमा साथ दिन नसकेको जनाएका हुन्।

उनले बारपाकी नागरिकलाई समयमै कोरोना परीक्षण गर्न र हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन्।

ट्वीटरमा उनले लेखेका छन्,‘ पहिले भूकम्प र अहिले कोरोनाले पीडित हुनुभएका बारपाकी जनसमुदायमा अपील: १. तपाईंको निर्वाचित प्रतिनिधि भएर पनि आफै कोरोना र पेटको अपरेसनका कारण थलिएर यो दु:खको घडीमा उपस्थित हुननसकेकोमा क्षमाप्रार्थी छु। २. कोरोना परीक्षण गर्न नडराऊॅ! थाहा पाए उपचार हुन्छ, थाहा नपाए मरिन्छ! हल्लामा नलागौं!’