विवेकशील साझाका नेता थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिदै

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका उज्वल थापाको भेन्टीलेटरमा उपचार थालिएको छ ।

केहीदिन अघि कोरोना संक्रमण भएपछि उनको उपचार ह्याम्स अस्पतालमा त्यसपछि ग्राण्डी अस्पताल रेफर गरिएको सो पार्टीका अध्यक्ष मिलन पाण्डेले जनाएका छन् ।

आजदेखि भने उनको नेपाल मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको र अहिले उनको अवस्था निकै जटिल रहेको पाण्डेले उल्लेख गरेका छन् । थापा २०७६ असोज अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष रहेका थिए ।