२ सय ७० किलो गाँजा सहित एक युवक प’क्राउ

चितवन। २ सय ७० किलो अवैध लागूऔषध गाँजा सहित एक युवक प’क्राउ परेका छन् । राप्ती नगरपालिका–१ बाट भारतीय नम्बर प्लेटको ट्रकमा रहेको २ सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा सहित भारत पुर्वी चम्पाचरण घर भएका २५ वर्षीय पिन्टु कुमारलाई बिहीबार बिहान प्रहरीले प’क्राउ गरेको हो ।

उक्त स्थानमा एनएल ०१ एन ५८६७ नम्बरको भारतीय ट्रकलाई प्रहरी बिट लोथरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी ट्रकमा सवार पिन्टुलाई प’क्राउ गरेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त गाँजा वीरगंज हुँदै भारततर्फ लैजान लगेको खुल्न आएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।