चिकित्सकमाथि आक्रमण भएको भन्दै भेरी अस्पतालमा विरोध प्रदर्शन

नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् ।

कोभिड बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै नर्सिङ संघ बाँकेले शुक्रबार अस्पताल परिसरमै प्रदर्शन सुरु गरेको छ ।

संघले घटनामा संलग्न दोषीलाई अविलम्ब कारबाही गर्न र आगामी दिनमा निर्भीकतापूर्वक काम गर्ने वातावरण मिलाउन माग गरेको छ ।