कक्षा ११ को परिक्षाफल मंगलवार प्रकाशित हुने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल भोली मंगलबार प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिनुभयो ।

बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो । यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।

यो पनि समाचार, चितवनमा सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘जेसीज विकास रनिङ शिल्ड–२०७६’ हुने भएको छ । आयोजक नारायणगढ जेसीजले सोमबार पत्रकार सम्मेलन गरी यही असोज ३० गतेदेखी कार्तिक ९ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

यसअघि जेसीजले आयोजना गरेको ‘जेसीज कप’ र विकास शिल्ड समितिले आयोजना गर्दै आइरहेको ‘विकास रनिङ शिल्ड’ लाई मर्ज गरेर यो प्रतियोगिता आयोजना गर्न लागिएको नारायणगढ जेसीज वर्ष २०१९ का अध्यक्ष विकासमान श्रेष्ठले जानकारी दिए । उनले चितवनमा स्तरीय फुटबल प्रतियोगिताको रुपमा स्थापित गर्नका लागि दुईवटै आयोजक मिलेर यो प्रतियोगिता गर्न लागेको बताए ।