काँकरभिट्टास्थित मेची पुलको प्रवेशद्वारमा लगाइयो राष्ट्रिय झण्डा

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टास्थित मेची पुलको प्रवेशद्वारमा राष्ट्रिय झण्डा लगाइएको छ ।

सञ्चारकर्मी एवं पाथिभरा प्रिन्टिङ्ग प्रेस काँकरभिट्टाका सञ्चालक विकास देवकोटाको सौजन्यमा शो स्थानमा नेपालको राष्ट्रिय झण्डा लगाइएको हो ।

यसअघि लगाइएको झण्डा पुरानो भएको र रङ्ग समेत उडेकाले दुई वटा नयाँ राष्ट्रिय झण्डा लगाइएको सञ्चालक देवकोटाले बताए ।

बोर्डर चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीको सहयोगमा बिहीबार पूर्वीद्वारमा नयाँ झण्डा लगाइएको देवकोटाले जानकारी दिए ।