माइतीघरमा नागरिक समाजको लाइट मार्च (तस्वीरहरू)

बृहत् नागरिक समाजले काठमाडौंको माइतीघरमा लाइट मार्च गरेको छ । कोरोना कहरमा चुनावको तयारीमा लागेको भन्दै नागरिक समाजले लाइट मार्च निकालेको हो । यो अन्धकारको समयमा सरकारलाई बाटो देखाउन लाइट मार्च निकालिएको हो ।

प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको आधिकार दिएकोमा आपत्ति जनाको छ । जननिर्वाचित प्रतिनिधि हुँदाहुँदै प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाकाे आधिकार दिनू संघीयताको मर्मविपरीत भएको समाजले बताएको छ ।

विरोध प्रदर्शनकमा सहभागीहरूले ‘ज्यामी भोकै पारिन्छ सूर्यबहादुर मारिन्छ, यस्तै स्थिति रहे दुनियाँ बेहाल पारिन्छ’, ‘गरिबलाई रोक्न गस्ती छ शासकलाई मस्ती छ’, ‘निषेधाज्ञा अति भो लोकतन्त्रलाई खति भयो’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।