कोरोना सङ्क्रमणबाट एकै घरका तीन जनाको मृ’त्यु

कोरोना भाइरस सङ्क्रमणबाट एकै घरका तीन जनाको मृ’त्यु भएको छ। बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा रहेका बुवा, आमा र छोराको मृ’त्यु भएको हो।

एक हप्ताको अन्तरालमा ६९ वर्षीय पुरुष, उनका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको मृ’त्यु भएको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिए।

उनका अनुसार बाबु छोराको उपचारका क्रममा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा र आमाको होम आइसोलेसनमा बसिरहेका बेला मृ’त्यु भएको हो।

सङ्क्रमणबाट यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृ’त्यु भएको हो। घरकी बुहारीलाई पनि सङ्क्रमणका कारण बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेसनमा राखिएको र परिवारमा भएको घटनाबारे अझै थाहा नदिइएको वडाध्यक्ष थापाले बताए।