कोरोनाका कारण नर्स सरस्वती कार्कीको निधन

कोरोना संक्रमणका कारण कञ्चनपुरमा एक जना नर्सको निधन भएको छ। बेदकोट नगरपालिका स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरिक्षक सरस्वती कार्कीको निधन भएको हो ।

उहाँ कोरोनाको पहिलो लहरदेखिनै संक्रमितको उपचारमा खटिनभएको थियो। कोरोना संक्रमणबाट पुर्व नर्सिङ प्रशासक गीता गुरुङको निधन एक साताअघि संक्रमण पुष्टि भएपछि उहाँ घरमै आईसोलेसनमा रहनुभएको थियो।

बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले संक्रमित भई घरमै बस्नुभएकी सरस्वतीलाई स्वास्थ्यमा थप समस्या देखिएपछि महाकाली अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो।