त्रिविले शिक्षक, कर्मचारी र विद्यार्थीलाई यो बर्षको वर्षे र हिउँदे बिदा नदिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यो वर्ष शिक्षक,कर्मचारी र विद्यार्थीहरलाई वर्षे र हिउँदे बिदा नदिने भएको छ।

कोरोना महामारीले पठनपाठन अवरुद्ध भएका कारण सिकाइलाई अगाडि बढाउन बिदा कटौती गरिएको त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले एक सूचना जारी गरी जानकारी दिएका छन।

त्यस्तै, असहज परिस्थितिको अन्त्य नहुञ्जेलसम्म शिक्षकहरुले आफ्नो क्याम्पस,कार्यालयमा भौतिक उपस्थिति जनाइ रहनु नपर्ने तर सबै पदाधिकारी, शिक्षक, कर्मचारीहरु आ-आफ्नो निकाय प्रमुखसँग सम्पर्कमा रहने र अत्यावश्यक परेको अवस्थामा कार्यालयमा उपस्थित भइ कार्य सम्पन्न गर्नुपर्ने पनि उनले बताए।

कोरोना कारण भौतिक रुपमा पढाई नभएपनि वैकल्पिक माध्यमबाट पढाइ सुचारु भैरहेको उनको भनाई छ। उनका अनुसार रोकिएका परीक्षाहरु पनि उपयुक्त समयमा लिने सम्बन्धमा आवश्यक गृहकार्य भैरहेको छ।