लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी

पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

२० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनमा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ७ हजार २२६ जना निको भएका छन् । कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।