सिंहदरबारभित्र छाडा कुकुरको विगविगी (फोटोफिचर)

महानगरपालिकाले तीन वर्षअघि नै सिंहदरबारलाई ‘कुकुर व्यवस्थित क्षेत्र’ घोषणा गरेपनि अझै पनि जताततै कुकुरको झुण्ड देखिन्छ ।

महानगरपालिकाले २०७५ जेठमा सिंहदरबारलाई ‘कुकुर व्यवस्थित क्षेत्र’ घोषणा गरेको थियो ।

महानगरले मनुमित्र कार्यक्रम घोषणा गर्दै काठमाडौं महानगरपालिकाभित्रका ३२ वडामा २०७५ सालमा कुकुर व्यवस्थापनका लागि साढे चार करोडको बजेटमा कुकुर व्यवस्थापन कार्यक्रम ल्याएको थियो ।

महानगरको यो कार्यक्रम सिंहदरबारमा भने प्रभावकारी देखिएन ।