सेनाको हेलिकप्टर रामेछापमा आकस्मिक अवतरण

काठमाडौंबाट संखुवासभाको तुम्लिङटारका लागि उडान गर्दै गरेको नेपाली सेनाको एमआई–१७ हेलिकप्टर बिहीबार अपरान्ह रामेछापमा आकम्मिक अवतरण गरेको छ ।

उडानको क्रममा प्राविधिक समस्या देखिएपछि चालक दलले हेलिकप्टरलाई रामेछाप विमानस्थलमा ओरालेका हुन् ।

रामेछाप नागरिक उडड्यन कार्यालयका प्रमुख केदारप्रसाद सत्यालका अनुसार अहिले मर्मतको प्रयासमा सेनाका प्राविधिकहरु जुटेका छन् ।