सरकार चलाउन जिम्मेवारी पाएकाले चलाउन नसकेपछि काँग्रेस अगाडि आएको हो ‘

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसले निर्दलीय अभ्यास गर्यो भन्न नहुने बताए । उनले भने, ‘प्रतिनिधिसभामा दलले सरकार बनाउन नसक्ने अवस्था आएर सांसदलाई अवसर प्रधान गरेको छ ।’

यस्तै सरकार चलाउने जिम्मेवारी पाएकाहरू असफल भएपछि काँग्रेसले सत्ता राजनीतिमा प्रवेश गर्ने अवस्था आएको बताए । उनले भने, ‘काँग्रेसले हरेक पटक भन्यो हामी प्रतिपक्षमै बस्छौँ ।

तर प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि काँग्रेस सरकार बनाउन प्रयत्न गरेको हो । भीरबाट झर्दै गरेको संसदीय व्यवस्था बचाउने काँग्रेसको जिम्मेवारी हो ।’

कोरोना महामारीमा सत्ताको खेल भइरहेको भन्दै भएको आलोचनाप्रति लक्षित गर्दै शर्माले भने, ‘हामी सत्ताको खेलमा छैनौं । सरकार चलाउन जिम्मेवारी पाएकाले चलाउन नसकेपछि काँग्रेस अगाडि आएको हो ।’

ओली सरकारले एक वर्ष सत्ता राजनीतिमा समय खेर फालेको भन्दै नागरिकको जीवन रक्षाप्रति सरकार गम्भीर नभएकाले आफै सजग रहनुपर्ने बताए । प्रधानमन्त्रीको एक वर्षको काम सत्ताको रक्षामा केन्द्रित भएको शर्माको भनाइ छ ।