रेल गुड्दा थतर्किएर भत्कियो स्टेसन भवन

भारतको मध्य प्रदेशस्थित बुरहानपुरमा रहेको रेलवे स्टेसनको भवन ११० किलोमिटर प्रतिघन्टाको गतिमा आएको ट्रेनका कारण थतर्किएर भत्केको छ ।

सौभाग्यवश स्टेसन भवनमा त्यतिखेर कोही पनि थिएन ।

नेपानगर र असीगढबीचको स्टेसनमा पुष्पक एक्सप्रेस बुधवार अपराह्न ४ बजे आइपुग्दा कम्पन सहन नसकेर स्टेसन भत्केको हो ।

दुर्घटनामा परेर भवनका झ्यालका शीशा फुटे अनि बोर्डहरू पनि खसे । भवन बाहिर रहेका मानिस लाखापाखा लागे ।

घटनाका कारण साँझमा एक दर्जन ट्रेनहरूको परिचालन प्रभावित भयो ।