बाआमाको मायाँ नपाएकी प्रतिक्षा र सविनाले गाउँ नै शोकमग्न पार्दै छोडे संसार

काठमाडौं, ५ असोज । पोखरीमा नुहाउन गएका दुई बालिकाको डुवेर ज्यान गएको छ । सिरहामा बाख्रा चराउन भन्दै दुई जना साथी मिलेर गएका उनीहरु नुहाउन भन्दै पोखरीमा पसेका थिए । गोलबजार नगरपालिका ९ गोविन्दपुरका दुई बालिका पोखरीमा डुबेका हुन् । स्थानिय राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया रानी खातुनको ज्यान गएको प्रहरीले जनाएको छ ।

साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएको बेलामा उनीहरु नुहाउन भन्दै पोखरीमा गएका थिए । पानीमा डुबेर पनि नउत्रिएका दुवै जनालाई स्थानियले पानीमै पसरे खोजेका थिए । प्रहरी र स्थानीयले खोजेर पानीभित्रबाटै दुवै बालिकालाई बाहिर मृ त अवस्थामा निकालेका हुन् । दुवै बालिकाको श व पोष्टमार्टमको लागि लहान अस्पताल राखीएको इलाका प्रहरी कार्यालय लहानको इन्सपेक्टर बिजय यादवले जानकारी दिए ।

बालिका पोखरीमा पसेको थाहा पाउनासाथ उद्दारका लागि गएको भएपनि उनीहरुलाई जिवितै निकाल्न नसकिएको प्रहरीले जनाएको छ । थापाको बुबाको मृ त्यु भइसकेको छ भने आमाले दोस्रो विवाह गरिसकेकी छिन् । हजुरआमासंगै बस्दै गरेकी उनी बाख्रा चराउन साथीसंग गएकी थिइन् । खातुनका बुबा बेपत्ता भएको वर्षौं भइसकेको छ भने आमाले अर्कैसँग विवाह गरेर गएकी छिन् । उनी पनि मावलीमा बस्दै आएका थिइन् ।