चार वर्षीया बालिकालाई बयर दिने लोभ देखाएर बला’त्कार गरेको आरोपमा छिमेकी प’क्राउ

बुटवल — चार वर्षीया बालिकालाई बला’त्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको कञ्चन गाउँपालिका–४ का एक व्यक्तिलाई प’क्राउ गरेको छ । ५३ वर्षीय ती व्यक्तिले बालिकालाई बयर खान दिने लोभ देखाएर बला’त्कार गरेको प्रहरीले जनाएको छ ।

बालिकाको अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको पाठेघरमा चोट लागेको चिकित्सकलाई उद्धृत गर्दैै प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार जेठ ११ गते दिउँसो साढे एक बजे बालिकामाथि बला’त्कार भएको थियो ।

प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिले बालिकालाई बयर खान दिन्छु भन्दै फकाएर आफ्नो घरमा लगेर बला’त्कार गरेको खुलेको उनले बताए । उनीमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको थापाले जानकारी दिए ।