चाडपर्वमा सुरक्षामा कुनै कसर बाँकि नराख्न गृहमन्त्री बादलको निर्देशन

असोज ५, २०७६
काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दशै, तिहार जस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
आइतवार गृहमन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा गृहमन्त्री थापाले जनताले महशुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए ।

उनले चाडपर्वमा खासगरी चोरी, लुटपाट, कालोबजारीजस्ता घटना अत्याधिक हुने भएकोले सोही अनुरुपको सुरक्षा रणनीति बनाउन सुझाब दिए ।
यस्तै बादलले सडक सुरक्षा तथा तोकिएको भाडादरको कार्यान्वयनबारे कडाइपूर्वक अनुगमन गर्न समेत निर्देशन दिए । उनले सुरक्षामा कुनै कसर बाँकि नराख्न निर्देशन दिए ।
बैठकमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी लगायत सहभागी थिए ।