कोरोना संक्रमणबाट सहायकरथी दिनेशकुमार केसीको निधन

कोभिड–१९ संक्रमणबाट नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको मृ’त्यु भएको छ ।

बिहिबार विहान सैनिक अस्पताल छाउनीमा केसीको निधन भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले बताए ।

उनी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । करिब एक महिनाअघि देखि उपचाररत केसीलाई चार दिन अघि सैनिक अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो । उनी काठमाडौंको न्युरोडका स्थानीय हुन् ।