एमालेका पूर्वसांसद शर्माको निधन

नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्मा न्यौपानेको निधन भएको छ । शर्माको गएराति उपचारका क्रममा निधन भएको हो ।

कोरोना संक्रमणपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेलाई निमोनियाँले सताएपछि उनको निधन भएको ।

अत्यन्तै सरल स्वभावका न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा निर्वाचित भएका थिए ।

हाल उनी एमाले कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका थिए ।