सगरमाथामा बिहानदेखि भारी हिमपात

काठमाडौं । सगरमाथामा बिहीबार बिहानदेखि भारी हिमपात भइरहेको छ ।

बुधबारदेखि सुरु भएको हिमपातका कारण आरोहण समेत प्रभावित भएको छ भने आरोहण गरेर फर्किएका आरोहीहरु पनि दोश्रो शिविरमै रोकिएका छन् ।

आरोहण गरिसकेका आरोहण कम्पनीका कामदारहरले दोस्रो शिविरदेखि सामान लिएर फर्किन नसकेको सम्पर्क अधिकृत खिमलाल गौतमको फेसबुकमा उल्लेख छ ।

उहाँकाअनुसार केही आरोहीहरु फर्किने क्रममा घाइते भई उद्धारका लागि हेलिकप्टर मगाए पनि खराब मौसमका कारण लुक्लादेखि आधारशिविर नै हेलिकप्टर जान सकेको छैन ।