दशैंको मुखमा बुढेसकालको सहारा मा’रिए पछि वृद्ध आमा रुँदै मिडियामा

काठमाडौं। गत असार ५ गते सर्लाही लालबन्दी नगरपालिका–१ का कुमार पौडेलको ह त्या गरिएको घट्ना लाई लिएर उनको परिवारले दोषीलाई कार वाहीको माग गदै हत्याको सत्य, तथ्य छानविन गर्न सरकारसँग माग गरेको छ । सही छानविन नभए आफूहरु कडा रुपमा प्रस्तुन हुने पनि पीडित परिवारले चेता वनी दिएको छ । आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित परिवरले यस्तो माग गरेको हो । मृ तकका भाई हरिकृष्ण पौडेलले आफ्नो दाईको ह त्या भएको तीन महिना बितिसक्दापनि राष्ट्रिय मानव अधिकार आयोगले घ ट्नाको सत्य, तथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक नगरेकोमा गुनासो पोखे ।

उनले आफ्ना दाई कुमारले सागरनाथ वन विकास परियोजनामा बसेका सुकुम्वासीको हितमा आवाज उठाउँदा र पेट्रोल पम्पको लागि सरकारले खरिद गरेको जग्गामा भएको घोटालाको विषयलाई जोडदार रुपमा उठाउँदा सरकारले निशाना बनाएको आ रोप लगाए । उनले सरकारले १८ देखि १९ करोडको जग्गा घोटला गरेको र सुकुम्बासीको जग्गामा कम्यसनिष्ट पार्टीहरु मिलेर २१ करोडको जग्गा अति क्रमण गरी कब्जा गरेको सुनाए ।

उनले आफ्नो दाईलाई मा र्नको लागि बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, श्याम परदेशी र सागरनाथ वन परियोजनाको मिलेमतो रहेको दाबी गरे । कार्यक्रममा मृ तककी आमा दुर्गादेवी पौडेलले रु दैँ भनिन्–‘तीन छोरी पछिको एक मात्र छोरा थियो त्यसलाई पनि सरकारले योजनाका साथ मा रिदियो मेरो बाँच्ने साहारा खोस्यो ।’ छोराको ह त्या भएको समयमा १३ हजार म लामी देख्दा मेरो एक मात्र छोरा होइन रहेछ, मेरा छोराहरु त धेरै रहेछन् जस्तो लागेको थियो किनकी त्यत्तिबेला सबैले ह त्यारा पत्ता लगाउन हामी सहयोग गछौँ भनेर आशा देखाएका थिए । तर, आज ती कुनैपनि छोराहरुले मलाई यो न्यायको लडाइमा साथ दिन आएनन् ।’

कार्यक्रममा मृतककी श्रीमती कला पौडेलले सरकारले आफ्नो श्रीमान्को ह त्यालाई दोहोरो भी डन्त भनेपनि बास्तवमा त्यो दोहोरो भि डन्त नभएर गैरन्यायिक ह त्या भएको दाबी गरिन् । उनले आफ्नो श्रीमानलाई ‘इ न्काउन्टर’ मा नभएर कु टपिट तथा शरीर थिलथिलो बनाएर नियन्त्रित बनाई ह त्या गरेको बताईन् । उनले राष्ट्रिय मानवअधिकार आयोग, गृह मन्त्रालय, सरकारलाई सत्य, तथ्य छानविनका लागि दवाब दिएकी छिन् । उनले सम्पूर्ण मिडियाहरुलाई आफूहरुलाई न्यायको लागि सक्दो सहयोगको गर्न अपिल गरिन् ।

भिडियो हेर्नुहोस: