कोरोना माहामारी हटाउने भन्दै १९१ ब्राह्मणद्धारा मन्त्र जप

धनगढीः कोरोना माहामारी कम गर्न १९१ ब्राह्मणले मन्त्र जप गरेका छन्। बुद्ध पुर्णिमाको अवसरमा विश्वबाटै कोरोना माहामारी हटाउनका लागि धार्मीक क्षेत्रबाट मन्त्र शक्तिको जप गरेका हुन्।

सुदूरपश्चिम क्षेत्रीय कथाव्यास समितिका संयोजक खगेन्द्रराज जोशी, महाकाव्यकार ज्योतीष साहित्यकार मनिराज जोशी, दिल्लीबाट १००८ ब्रह्मर्षी गौरीशंकाराचार्य महाराजको संयोजकत्वमा सो जप अनुष्ठान सम्पन्न गरिएको जनाइएको छ।

नेपाल र भारतमा बस्ने १९१ ब्राह्मणले घरघरमै बसेर मन्त्र जप गरेको सुदूरपश्चिम क्षेत्रीय कथाव्यास समितिका अध्यक्ष खगेन्द्रराज अवस्थीले बताए। महामारीलाई विनास गर्ने एउटा मन्त्र शास्त्रमा उल्लेख छ।