किसानले पाएनन् मकैले उचित मूल्य

सर्लाही । सर्लाहीमा मकैको उचित मूल्य नपाउँदा किसान चिन्तित भएका छन् ।

दुई बर्ष अगाडी तिन हजारदेखि ३२ सय रुपैयाँ प्रतिकुन्टल बिक्री भएको मकैले यस बर्ष २ हजार पनि पाउन सकेको छैन । गत बर्ष पनि लकडाउनकै कारण मकै किसानले प्रतिक्विन्टल २ हजार रुपैयाँमै चित्त बुझाएका थिए ।

यस वर्ष पनि बिक्री गर्ने समयमा निषेधाज्ञा भएपछि व्यापारीले मकैको मनपरी भाउ तोकेका छन् । मकैले मूल्य नपाएपछि घरमै राखेको मकैमा घुन र पुतली लाग्न थालेको छ ।

यस वर्ष मकैबाट किसानको लगानी समेत नउठ्ने देखिएको छ ।
गतवर्ष फौजी किराको प्रकोपबाट बचाएको मकैले मूल्य नपाउँदा किसान निरास देखिएका छन् ।

सर्लाहीमा १७ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।