ओलीविरुद्ध खनिईन् पूर्व सभामुख घर्ती, संसद् विघटन गर्ने अधिकार कहाँबाट पाउनुभयो ?

पूर्व सभामुख ओनसरी घर्तीमगरले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताएकी छिन् ।

उनले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम बदर हुने विश्वास दिलाईन् । प्रधानमन्त्री ओली नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकार भएकोले यो सरकारले संसद् विघटन गर्न नपाउने उनको दाबी छ ।

हिजो सभामुख अग्नि प्रसाद सापकोटासँगको भएको पूर्व सभामुखहरुको छलफलमा सबै एकमत भएर प्रधानमन्त्रीको यो कदमको विरोध र भत्र्सना गरेको पनि उनले जानकारी दिईन् । उनले प्रधानमन्त्री ओली संविधान मिच्ने काममा लागेको पनि आरोप लगाईन् ।