नेबिसंघद्वारा पुतलीसडकमा पुत्ला दहन

संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ । पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।

नेबिसंघ संकरदेव क्याम्पस इकाई द्वारा पुतलीसडकमा आयोजित बिरोध कार्यक्रमको नेतृत्व संघका महामन्त्री बलदेव तिमल्सिना ले गरेका थिए ।

बिरोध प्रदर्शनका क्रममा“म खड्ग प्रसाद ओली विद्या भण्डारीको मिलेमतोमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मास्न प्रतिबद्ध छु, यो मेरो प्रतिज्ञा हो ।“ लेखिएको प्ले कार्ड र पुत्ला सहित सडकमा प्रदर्शन पछि विद्या खड्ग प्रबृत्तिको अन्त्यको निम्ति प्रतीकात्मक अन्त्यष्टी गरिएको कार्यक्रमका सम्योजक् नेबिसंघ शंकर देव क्याम्पसका नेता दिपक ओझाले बताए । बिरोध स्वरूप सहभागीले कालो लुगा लगाएका थिए ।