चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख पार्टीका शीर्ष नेताबीच छलफल हुँदै

चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी) र नेपालका विभिन्न राजनीतिक दलका नेताबीच बुधबार छलफल हुने भएको छ । सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ र नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच छलफल हुन लागेको हो ।

सीपीसी स्रोतका अनुसार जुममार्फत हुने छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायत सहभागी हुँदैछन्। बैठक नेपाली समयअनुसार १२ : ४५ बजेबाट सुरु हुनेछ।

छलफलमा कोरोना महामारी नियन्त्रण र चीन–नेपाल आपसी सम्बन्धलगायतका विषयमा कुराकानी हुने बताइएको छ।