भारतबाट सिंगापुर जान लागेको मालवाहक पानीजहाजमा आगलागी

भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा आगलागी भएको छ। श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स–प्रेस पर्ल मालवाहक पानीजहाजमा बिस्फोटपछि आगलागी भएको हो ।

भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो ।

जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका गरी २५ जना रहेको र उनीहरुको श्रीलंकाको नौ सैनिकले उद्धार गरेको बताइएको छ । उद्दार गरिएका मध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको बताइएको छ ।

आगो नियन्त्रणमा लिन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालिएको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुन्द्रमा खसेका थिए । पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।