‘ओली ज्यु तपाईले चलाएको देश भन्दा दुवै मृगौला फेल मेरो बुवाले चलाएको स्कुल बेश छ’ -मिश्र

समयमै उपचार नपाएर बुबा गुमाएका कमेडियन आदर्श मिश्राले कोरामै बसेर लिइएको ‘सेल्फी भिडियो’ सार्वजनिक गरेका छन्। आदर्शका बुवा वीरेन्द्रको मंगलबार बिहान भरतपुर अस्पतालमा निधन भएको थियो। उनी मिर्गाैला रोगका बिरामी थिए।

आदर्श मिश्राको आफ्नै नामको युट्युब च्यानलमा अपलोड भएको १० मिनेट लामो भिडियो निकै मार्मिक छ। उनले वीरगन्जस्थित नेशनल मेडिकल कलेज र नारायणी अस्पतालको लापरबाहीका कारण ‘बाबा’को ज्यान गुमेको बताएका छन्।

दुई साताअघि नेशनल मेडिकल कलेजले मेरो बाबालाई अबको तपाईँको यहाँ डायलसिस हुन सक्दैन, अन्त जानुपर्छ भनेको थियो। पैसाको लोभमा त्यस कलेजले एउटै डाइलोजरले १२ पटकसम्म मेरो बाबाको डायलासिस गरेको थाहा छ। डायलाेजर फेरिएन र बुवाको अवस्था कमजोर बन्दै गएको थियो’, त्यस कलेजमा चार वर्षदेखि डायलासिस गराउँदै आएको उल्लेख गर्देै आदर्शले भनेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला फेर्न नेसनल मेडिकल कलेजका सन्चालकले पैसा खर्चेको दाबी गर्दै उनले उक्त संस्थामाथि छानबिन हुने कुनै आशा नरहेको बताएका छन्। यसैगरि नेशनल मेडिकल कलेजले हेरिरहेको बिरामीलाई नारायणीले समयमा नहेरेको र उपचारमा लापरबाही गरेको उल्लेख गरेका छन्।

बिरामीको अवस्था चिन्तानजक देखेपछि चिकित्सकले चार घण्टा डायलासिस गर्नुपर्छ भनेर त्यही अनुसारको टाइमर सेट गरेका थिए। तर त्यहाँ काम गर्ने एक जना महिला कर्मचारीलाई के हतार थियो कुनी, एक घण्टा घटाएर ३ घण्टा बनाउनु भयो। यसले गर्दा मेरो बाबाको लाइफ स्पान पनि छोटियो’, मिश्राको भनाई छ।

मंगलबार बिहान बुवाको मृ’त्यु भएपछि आफूले आमालाई नारायणी अस्पताल भनेर समसान घाट पुर्‍याएको बताएका छन्। ‘मैले जिन्दगीमा धेरैपटक ढाँटेको छु। तर यसपटक ढाट्नै पर्ने थियो किनभने ममी डिप्रेसनको बिरामी हुनुहुन्छ। नारायणी अस्पतालमा भेन्टिलेटर भेटियो त्यहाँ लैजाने भनेर ममिलाई भनिरहँदा बुवाको शव प्याक गरेर एम्बुलेन्समा चढाईदै थियो’, उनले भनेका छन्।

उनले आफ्ना बुवाप्रति आफूलाई गर्व रहेको बताएका छन्। ‘ मेरो ठाउँमा धेरैले मलाई विनोद मिश्राको छोरा भनेर चिन्छन्। उहाँ नवल स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो। पहिलाको नवल स्कुल र बाबा प्रिन्सिपल भएपछिको नवल स्कुलमा धेरै फरक छ। दुवै किड्नी फेल भएर पनि बुबाले काम गर्न छाड्नु भएन।

हप्तामा दुईपटक स्कुटर पछाडि बसेर डायलसिस गर्न जानु हुन्थ्यो। रहिपनि मेरो बाबाले चलाएको स्कुल र तपाईले चलाएको देश हेर्नुस् प्रधानमन्त्री ज्यू’, भिडियोमा उनले भनेका छन्।

उनले अगाडि भनेका छन्- हिजो पानी परेको थियो, सानो तिनो मान्छे मरेको थिएन। आदर्शले आफूले गर्न सक्ने थुप्रै विकल्प भएपनि गर्न नसकेको भन्दै बाबाको असामहिक निधनप्रति मुख्यत दुईवटा पछुतो रहेको बताएका छन्।

दुई दिनअगाडि बुवाले मलाई चिन्नु भएन। मलाई को हो भन्नु भयो। निकै दु:ख लाग्यो। दोस्रो कुरा बुवाको अगाडि प्रज्ञा प्रतिष्ठानमा एकल स्टेन्डअफ कमेडी गर्ने सपना थियो’, उनले भनेका छन्।

अन्त्यमा उनले सबैलाई परिवारसँग बस्न आग्रह गर्दै १०/१२ दिनपछि आफु फेरी आम मानिसको ज्यान जोगाउने कार्यक्रमहरुमा फर्कने उल्लेख गरेका छन्। बिहानै अपलोड भएको भिडियो करिब १९ हजार पटक हेरिएको छ भने २८ सय जति कमेन्ट भएका छन्।