“दाम भन्दा नाम ठुलो अनी नाम भन्दा कामनै ठुलो” : श्वेता खड्का

दाम भन्दा नाम ठुलो अनी नाम भन्दा कामनै ठुलो”

सम्माननीय राष्ट्रपती ज्युबाट २०७६ असोज ३ गते संविधान दिवसको अवसरमा ‘प्रवल जनसेवा श्री पदक’बाट बिभुसित हुनेमा मेरो नाम समेत समाबेश भएकोमा यतीखेर म भित्र एउटा बेग्लै खुशीको रक्तसंचार भईरहेको छ ।

खुशी त एकातिर छँदै छ तर त्यो भन्दा पनि मैले आगामी दिनमा निर्वाह गर्नु पर्ने कर्तब्य, जिम्मेवारी र भूमिका भने अझै थपिएको महसुस गरिरहेकी छु ।

जहाँसम्म जिम्मेवारीको सवाल छ, म आफुले बोकेको जिम्मेवारीको भारिलाई बिचमै बिसाएर आराम गर्ने वा त्यो भारिलाई फालेर बाटो मोड्ने मध्येहरु पर्दिनँ । म, आँफैले आँफैलाई अलिक घमण्डी र हठी स्वभावको रुपमा चिनेकी छु।

आफुले लिएको लक्ष्यअनुरुप सफलताको केन्द्रबिन्दुमा नपुगेसम्म म कुनै यात्रालाई अँधुरो छोड्दिन , यो मेरो स्वाभाव हो । अत: मलाई ‘प्रवल जनसेवा श्री’ पदकको लायक सम्झिदिएकोमा म नेपाल सरकार प्रती हार्दिक कृतज्ञ छु ।

त्यस्तै मलाई यो सम्मानको लायक बनाइदिने मेरा आदरणीय ब्यक्तित्वहरु , सहकर्मी मित्रहरु, शुभचिन्तकहरु, संचारकर्मीबर्ग , दर्शकदिर्घा लगायत निर्माणाधिन माझी बस्तिका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरु प्रती म हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।

जीवनको अन्तिम श्वाससम्म समाज र राष्ट्रको प्रगती, उन्नती र बिकासका निमित्त निरन्तर लागि पर्ने प्रणकासाथ तपाईंहरु सम्पूर्णले मेरो हातमा हात र काँधमा काँध मिलाई अटुट साथ दिनुनै हुनेछ भन्ने आशा र विश्वाश लिएको छु । जय देश ! Shweta Khadka