संसारभरी कोरोनाका नयाँ संक्रमित र मृतकको संख्यामा कमी : डब्ल्यूएचओ

अघिल्लो हप्ता संसारभरी कोरोनाका नयाँ संक्रमित र मृत्युमा कमी देखिएको छ । यतिबेला संक्रमणका ४१ लाख नयाँ संक्रमित देखिए र ८४ हजारको मृ’त्यु भएको छ ।

पछिल्लो हप्ताको तुलना त्योभन्दा अघिल्लो हप्तासँग गर्दा नयाँ भेटिएका संक्रमितमा १४ प्रतिशत र मृ’त्यु दरमा २ प्रतिशतको कमी आएको छ ।

विश्व स्वास्थ्य संगठनको साप्ताहिक रिपोर्टका अनुसार यस हप्ता युरोपेली क्षेत्रमा नयाँ संक्रमित र मृ’त्युदरमा सबैभन्दा धेरै कमी देखिएको छ । त्यसपछि दक्षिण–पूर्व एशियामा पनि सुधार देखिएको छ ।

अमेरिकी, भूमध्यसागरीय, अफ्रिकी र पश्चिमी प्रशान्त क्षेत्रमा स्थिति लगभग अघिल्लो हप्ताजस्तै रह्यो । पश्चिमी प्रशान्त क्षेत्रमा मृत्युको आँकडामा सबैभन्दा धेरै वृद्धि देखिएको छ जबकी अन्य क्षेत्रमा सुधार आएको छ ।

अघिल्लो चार हप्तादेखि संसारभरीको स्थिति केही सुध्रिएको देखिएता पनि कोभिड मामिला र मृत्युको संख्या अहिले पनि अत्यधिक धेरै छ । साथै, थुप्रै देश यस्ता छन् जहाँ संक्रमितको संख्या र मृ’त्युमा बढोत्तरी देखिएको छ ।