बागमती प्रदेशमा कोरोना संक्रमणका कारण ४६ जनाको मृ’त्यु

कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन ४६ जनाको मृ’त्य भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा १४ जना महिला र ३२ जना पुरुष गरि कुल ४६ जनाको संक्रमणका कारण मृ’त्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृ’त्यु हुनेमा सबैभन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरका रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार काठमाडौंका १३ जना पुरुष र ४ जना महिला गरी कुल १७ जनाको संक्रमणका कारण मृ’त्यु भएको हो ।

त्यस्तै ललितपुरका ६ जना र भक्तपुरमा ९ जनाको कोरोना संक्रमणका कारण मृ’त्यु भएको मन्त्रलायले जनाएको छ ।

त्यस्तै काभ्रेका ५ जना, नुवाकोटका ३ जना, धादिङ र दोलखा र रामेछापमा २÷२ जनाको संक्रमणबाट मृ’त्यु भएको छ । मृ’त्यु हुनेहरु ३६ देखि ९२ वर्ष उमेर समूहका रहेका छन् ।