शिक्षकको ह’त्या प्रकरण : करिब २ वर्षपछि प’क्राउ परेका आरोपी एक सातमै रिहा

वि.सं. २०७६ असार १० गते विहान २ बजे तिरहुत गाउँपालिका वडा नम्बर २ स्थित गोइठी घर भई राजविराज नगरपालिका वडा नम्बर २ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गरिरहेका २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको ह’त्या भएको थियो ।

छोरालाई ८ जनाको समूहले कुटपिट गरी ह’त्या गरेको भन्दै मृतक बिराजीका बुवा उपेन्द्रप्रसाद यादवले असार ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । असार १२ गते उजुरी दर्ता भएसँगै प्रहरीले घटना अनुसन्धान सुरु गरेका थिए ।

यही जेठ ४ गते घरमै लुकिछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए । उनले भने– ‘हामीले प’क्राउ गरेपछि यादवलाई सम्मानित जिल्ला अदालतमा पेश गरेका छौं ।’

शिक्षकको ह’त्या गरी फरार भएका आरोपी प’क्राउ परेपनि साता दिनमै रिहा भएका छन् । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ७ स्थित खर्साल टोलमा भएको दुई वर्ष पहिले एक नीजि विद्यालयमा अध्यापन गराउँदै आएका जयकृष्ण बिराजीको एक समूहले ह’त्या गरेको थियो ।

शिक्षक जयकृष्ण बिराजी भनिने भट्टराईको ह’त्या गरेको आरोपमा प’क्राउ गर्न सप्तरी जिल्ला अदालतले आदेश गरेपनि आरोपित सुभाषचन्द्र यादवलाई प’क्राउ परेको करिब २ वर्षपछि धरौटीमा रिहा भएपछि पीडित परिवारजन दुखी छन् ।

जिल्ला अदालतमा भएको थुनछेक आदेशबाट ३ लाख रुपैयाँ धरौटी भुक्तानी गरि वडा नम्वर ७ कै ४० वर्षीय आरोपित टुनटुन भनिने सुभाष चन्द्र यादव छुटेका हुन् । न्यायाधीश प्रेमबहादुर न्यौपानेको आदेशमा ह’त्याका आरोपी यादव धरौटी भुक्तानी गरि रिहा भएको अदालतका सूचना अधिकारी होमबहादुर बुढाथोकीले जानकारी दिए ।

यसअघि पनि गत चैत ५ गते प्रहरीले सोही घटनाका आरोपित मध्ये राजविराज नगरपालिका वडा नम्बर ७ बस्ने २४ वर्षीय श्रवण कुमार महेतालाई ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ८ स्थित तीनकुनेबाट प’क्राउ गरेका थिए ।

आरोपित महेता पनि धरौटीमै छुटिसकेका छन् । गत चैत ३० गते सोही अदालतबाट भएको आदेशानुसार मेहताले २ लाख रुपैयाँमा धरौटी भुक्तानी गरेर छुटेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताए । घटनाका अन्य ५ जना आरोपित भने अझै फरार नै छ । फरार रहेका आरोपितको खोजी कार्य भइरहेको छ सप्तरी प्रहरीले जनाएको छ ।