प्रधानमन्त्रीले पदबाट हटाउने चे’तावनी दिएपछि मन्त्रि यादव उडे अमेरिका

काठमाडौ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अचानक अमेरिका उडे । देशमा डेंगुको प्रकोप बढिरहँदा स्वास्थ्यमन्त्री विदेश यात्रामा अत्याधिक जाने आउने गरेकोमा आलोचना भइरहँदा उनी फेरि अमेरिका उड्नुमा रहर नभई वाध्यता भएको बुझिएको छ।

३ असोजमा संविधान दिवस परेकोमा यादव अनुपस्थित हुनका लागि मात्र नभई बहिष्कारको कार्यक्रम छल्न अमेरिका लागेका हुन् । सरकारमा सहभागी भएर पनि सरकारले मनाउने संविधान दिवसको विरोधीका रुपमा उनको दल समाजवादी पार्टी नेपाल उभिएको छ । यसले पद छाड्ने या संविधान दिवसमा सभागी हुने नैतिक सं’कट परेको थियो।

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएरै सरकारमा बसेर संविधान दिवस वि’रोधी क्रियाकलाप गर्ने हो भने पद छाड्न भनेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । कि पद छाड्न कि त संविधान दिवसमा सहभागी हुन भनेपछि यादवले छल्ने उपाय रचे । उनी अमेरिका उडे । अमेरिकाको यात्रामा हिंडेपछि न त उनी समर्थक देखिए न त वि’रोधी जस्तो देखिए । पद छाड्नुभन्दा अमेरिका बसेर फर्कन नै ठिक भनेर उनी देश छाडेका हुन्।

समाजवादी पार्टीलगायत मधेशकेन्द्रित दलले संविधान दिवस ब’हिष्कार गरेर वि’रोध गरेका छन् । उनको दलले विरोधमा सक्रिय सहभागिता भने जनाएको छैन । संविधानमा हस्ताक्षर नगरेपनि यादवले यसैमा टेकेर भएको चुनावमा सहभागिता जनाई उपप्रधानमन्त्री पदको सपथ समेत खाइसकेका छन्।