गलत पाठ्यक्रम राखेर बुद्धबारे भ्रम नफैलाउन प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराउनु भएको छ ।

२५६५ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिदै प्रधानमन्त्रीले पाठ्यक्रममा गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराउनु भएको हो। ‘प्रधानमन्त्री ओलीले मानव जातिकै कारणले खल बलिएको शान्तिलाई मानव जातिकै सचेतना र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने छ ‘ उहाँले भन्नुभयाे ‘बुद्ध शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको हो ।’

उहाँले बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही रहेको दावी गर्नु भएको छ । सन् २०२१ मा नेपालले वैशाख डेको आयोजना गर्न आफूले भियतनाममा सन् २०१९ भएको अन्तरर्राष्ट्रिय सम्मेलनमा प्रस्ताव गरे पनि कोरोनाका कारण फरक रुपमा बुद्धजयन्ती मनाउनुपरेको उहाँले स्पष्ट पार्नु भएको छ ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न कोरोना महामारीले केही अफ्ठेरो पारेपनि सरकारले आफ्नो लक्ष्य पूरा गरेरे छाड्ने प्रतिवद्धतासमेत जनाउनु भएको छ ।