
काठमाडौ। सिन्धुपाल्चोकको ईन्द्रावती नदी किनारका ५३ घर माझी परिवारका लागि एकिक्रित बस्ती बनाउँदै गरेकी नायिका श्वेता खड्का राष्ट्रपतीबाट प्रदान गरिने ‘प्रवल जनसेवाश्री’ पदकबाट विभूषित हुने हुनुहुने भएकाे छ । संविधान दिवसको अवसरमा बिभिन्न पदकबाट विभूषित हुनेहरुको नामावलीमा आफ्नो नाम पनि समाबेश भए पछी आफ्नो फेसबुक स्ट्याटस मार्फत नायिका खड्काले उक्त कुराको अधिकारिक जानकारी गराउनुभएकाे हाे ।
नायिका खड्काले आफुलाई उक्त पदकको लागि चयन हुन्छु भन्ने सपनामा समेत नचिताएको बताउँदै नेपाल सरकारको उक्त निर्णय आफ्नो लागि सप्राइज भएको बताउनुभयाे । उहाँले विभुषित गर्ने खबरले मलाई जती हर्सित तुल्याएको छ त्यत्तिनै थप जिम्मेवार बन्न दवाब पनि सिर्जना गरेको बताउनुभयाे ।
ब्यापारिक् , सामाजिक र कलाको क्षेत्रमा आफ्नो भिन्नै पहिचान बनाउन सफल नायिका खड्काको अगुवाईमा बनिरहेको माझी बस्तीमा यतिखेर ५३ वटा घरहरु निर्माणको काम अन्तिम चरणमा पुगेकाे छ । घरहरु बाहेक बस्तीमा आवश्यक अन्य पुर्वाधारहरु जस्तै बाटो, नाला, बाल बगैँचा, सामुदायिक भवन, स्वास्थ्य चौकी, मन्दिर र वाटर फाउन्टेन लगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने साँढे ४ करोड रकम खाँचाे भएकाे पनि खड्काले बताउनुभएकाे छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुर्वाधार निर्माणका लागि सहयोग स्वरुप १ करोड ३० लाख सहयोग दिने घोषणा गरेकाे छ । नायिका खड्काले माझी बस्तीको लागि अझै नपुग ३ करोड रुपैयाँ जहाँबाट जसरी हुन्छ खोजेरै ल्याउँछु र त्यो बस्तिलाई जिल्लाकै नमुना बस्ती बनाएरै छाड्ने प्रण गर्नुभएकाे छ ।