मन्त्रिज्यू को नक्कली बिल: भुइँको टिप्छु भन्दा गोजीको पोखियो !

केही दिनअघि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिँदा सामाजिक सञ्जालमा हंगामा भएको थियो ।

त्यतिखेर उनले नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शवदाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका थिए ।

त्यस्तै पछिल्लो पटक उनै मन्त्रि आलेले चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटो सहितको स्टिकर टाँसेपछि सामाजिक सञ्जालमा फेरी मजाक बनेका थिए ।

गत वैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो ।

स्रोतका अनुसार बजारमा १२ हजार मूल्य पर्ने अक्सिजन सिलिन्डर उनले देखाएको बिध म्यानेजमेन्टको बिलमा २३ हजार रुपैयाँमा खरिद गरेको देखिन्छ । सरकारले अक्सिजन सिलिण्डर किन्दा भ्याट नलाग्ने सरकारी व्यवस्था गरेपनि मन्त्रि आलेले पेश गरेको बिलमा १३% भ्याट तिरेको पनि उल्लेख छ ।

यसरी हेर्दा हतारमा गल्ति छोप्छु भन्दा अर्थात भुइँको टिप्छु भन्दा गोजीको पोखिए जस्तै मन्त्री आलेलाई भएको छ । चीन सरकारले सहयोग दिएको स्वास्थ्य सामग्री र अक्सिजन सिलिन्डरको हतारमा नक्कली बिल बनाउँदा यस्तो स्थिति उत्पन्न भएको भनेर फेरी सामाजिक सन्जालमा चर्को बिरोध भएको छ।

६० वटा सिलिन्डरको प्रति सिलिन्डर २३ हजारका दरले खरिद गर्दा भ्याट छुट्टै जोडिएको छ । आलेले १,७९,४०० भ्याट तिरेको बिलमा देखाएका छन।

बिल अनुसार नयाँ बानेश्वरस्थित विड म्यानेजमेन्ट लिमिटेडबाट मन्त्रि आलेले अक्सिजन सिलिन्डर खरिद गरेका हुन् । सिलिन्डर चीनबाट आयात गरिएको हो । उनले सिलिन्डर डोटी अस्पतालमा हस्तान्तरण गरेका थिए ।