देउवालाई लक्षित गर्दै राष्ट्रपतिले भनिन् : बाेलेको बुझिएन, सभा गृहमा गुञ्जियो हाँसो (भिडियो)

काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई इङ्गित गर्दै बोलेको नबुझिएको टिप्पणी गरेकी छिन्।

गणेशमान स्मृति प्रतिष्ठानले पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणाेपरान्त जनआन्दोलन स्वर्ण पदक प्रदान गर्ने कार्यक्रम राखेको थियो।

राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा राष्ट्रपतिलाई प्रमुख अतिथी बनाइएको थियो। राष्ट्रपतिले सम्बोधन गर्नु अघि कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिए। देउवा लगत्तै बोल्न पुगेकी राष्ट्रपति भण्डारीले ‘सभा हलमा बोलेको नबुझिने रहेछ’ भन्दै घुमाउरो टिप्पणी गरिन्।

हेर्नुहोस् भिडिओ –